Fast Nepal News

लम्जुङमा काग्रेसको १४ औं महाधिवेशनका लागि सम्भावित पार्टी सभापतिको चर्चामा छाए रमेशकुमार पाण्डे ।

banner single news

लमजुङ, १० भदौं । काग्रेसको १४ औं महाधिवेशनका लागि लम्जुङमा सम्भावित सभापतिका उम्मेदवारहरुको चर्चा परिचर्चा हुन थालेको छ ।
यसरी चर्चा परिचर्चा हुनेक्रममा मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेलाई समेत पार्टी सभापतिको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपी पाण्डेले आधिकारिक रुपमा भने आफ्नो उम्मेदवारी घोषणा गरि सकेका भने छैनन् । युवा पुस्ता माँझ लोकप्रिय पाण्डेले यस अगाडि नेपाल तरुण दल लम्जुङको जिम्मेवारी समेत सम्हालि सकेका छन् । उनी भन्छन्, पार्टी भित्र म भन्दा धेरै राम्रा,इतिहास बनाएका योग्य साथीहरू पनि हुनुहुन्छ ।यहाँ म बन्ने भन्दा पनि नेपाली कांग्रेस लमजुङको साख बचाउने ,कार्यकर्ताको मनोबल उच्च राख्ने र पुनः नेपाली कांग्रेस लमजुङ लाइ पुरानो स्थितिमा ल्याउन सक्ने नेतृत्व को खाचो हो।साथीहरू ले मलाई यो दौडमा राख्नु भएको रहेछ ।केहि परिवर्तन गर्न सक्ने क्षमता मभित्र पनि छ।त्यसैले हाेला साथीहरूमाझ चर्चा पनि चलेकाे रहेछ उहाँहरू प्रती धन्यवाद दिन चाहान्छु ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.