



काठमाडौ । पद्मकन्या विद्याश्रम माविमा अध्ययनरत कक्षा ११ र १२ का अामसञ्चार र पत्रकारिता विषयमा विद्यार्थीहरूकाे पहलमा प्रकासित पद्मकन्या अावाज वार्षिक पत्रिकाको दाेस्राे अङक अाज स्कुल प्रसाशनकाे पहलमा भव्य कार्यक्रमको अायाेजना गरि विमाेचन गरिएको छ । कार्यक्रममा लेखरचना उपलव्ध गराई सहयाेग गर्नुहुने शिक्षक, शिक्षिका हरूलाई विद्यार्थीले मायाकाे चिनाे र खादा अाेढाई सम्मान गरेका थिए भने स्कुलकाे तर्फबाट मायाकाे चिनाे प्र.अ रिता तिवारीले ग्रहण गर्नु भएकाे थियाे । (फाेटाे फिचर )










कार्यक्रममा सभापती तथा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अारती शर्माले गर्नु भयाे भने विषेश अतिथिकारूपमा शिक्षक अभिभावक संघकी अध्यक्ष रुद्रा कार्की हुनुहुन्थाे । विद्यार्थी र शिक्षक सवैका अभिभावक साथै विद्यालयका प्र.अ रिता तिवारीले विद्यार्थीको यस कामको खुलेर प्रसम्शा गर्नुभयाे भने उद्घाेषण शिव राज पाैड्यालले गर्नुभएको थियाे । कार्यक्रममा शिक्षक वलराम पाैडेल,सुभाष अर्याल ,भिम प्रसाद वस्नेत, विषय शिक्षक उज्वल खनाल,हेमन्त अधिकारी साथै पत्रकारिता पढ्ने करिव एक सय विद्यार्थीकाे उपस्थिति थियो । अागामी वर्षमा अझ राम्रो र परिस्कृत रूपमा पत्रिका प्रकाशन गर्ने प्रतीवद्धता विद्यार्थिहरूले गरेका छन् ।
