Fast Nepal News

काठमाडौं असुरक्षित

banner single news

काठमाडौं – चैत ३०

काठमाडौं, कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।

राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरु अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेकजाँचबिना काठमाडौ भित्रनेको संख्या बढ्दो अवस्थामा रहेको छ ।

Inside Article Ads

राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.