Fast Nepal News

नगदसहित नाै जुवाडे पक्राउ

banner single news



मदन तिमल्सेना भाद्र ११, तनहूँ
तनहुँ व्यास नगरपालिका वडा नम्बर ११ को वेलटारीमा काैडा खेली रहेको अवस्थामा प्रहरीले केही रकम र ९ जना जुवाडेलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।
बेलटारीमा रहेको घासिकुवा रिसोर्टमा जुवा खेलाउने र समाजमा विकृति फैलाइरहेको जानकारी प्राप्त भएर प्रहरीले उक्त छापा मारेको थियो । प्रहरीले काैडा खेलाउने रिसोर्ट संचालक र पक्राउ जुवाडेहरुलाई मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता एवं डिएस्पी युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।

लकडाउनको समयका साथै अन्य समयमा पनि व्यास नगरपालिका क्षेत्र लगायतका अन्य स्थानहरुमा जुवा खेलाएको सूचना आएको कारण प्रहरी चनाखो भएर विकृति उन्मुलन गर्न कारवाही थालेको वहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँ मा नयाँ प्रहरी प्रमुख एस्पी अरुण पौडेलको आगमन पश्चात गैरकानुनी काम गर्नेहरु र कानुनको दायरामा नआईकन फरार हुनेहरुलाई कडाई गरिएको छ , प्रहरीको उक्त कदमले समाजमा शान्ति सुरक्षा कायम गर्न बल पुग्ने बुद्धिजिवीहरुको भनाई रहेको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.