Fast Nepal News

भारतबाट स्वेदश फर्केका दश प्रतिशतमा कोरोना सङ्क्रमण

banner single news

कञ्चनपुर – चैत २९

कञ्चनपुर, कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढी देखिएको छ । आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना सङ्क्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिए । “यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन ।” डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, “ सङ्क्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ ।”

एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न शहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनले कोरोना सङ्क्रमित देखिएकालाई धनगढी आइसोलेशनमा पठाइरहेको बताए । “परीक्षण गरिएकामध्ये दश प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ” उनले भने, “दैनिक पाँच÷छ सय नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।”

Inside Article Ads

उनले भारतबाट आउनेहरु सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था पुनः आएको बताए। हाल भारतमा बढी सङ्क्रमण देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ । रासस

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.