
नुषा – चैत २९
धनुषा, प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लाग्नुभएकाले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए।
यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका हुन् । ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए। मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो। समीर अन्सारी ओली खेमामा लागरेका छन् ।
उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए। प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ । रासस
