Fast Nepal News

माछा मार्न गएका युवकको छ दिनपछि शव फेला

banner single news

गोरखा – चैत २९

गोरखा, माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो ।

Inside Article Ads

प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रकाश दाहालले बताए । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् । स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव परीक्षण गरी अन्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.