Fast Nepal News

पर्यटक आवागमन ८७ प्रतिशतले घट्यो

banner single news

काठमाडौं – चैत २९

काठमाडौं, कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो ।

सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको छ ।

Inside Article Ads

पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ । पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.