Fast Nepal News
Banner Below header

पाँहा चहे पर्व नेवार समुदायले मनाउदै । ‌

भद्रकाली, टंकेश्वर , कंगेश्वरी भगवानहरुको रथ परिक्रमा गराई दय: ल्वाकेगु प्रचलनलाई ३ भगवानलाई मेलमिलाप गराई उपासना गर्नु पर्ने परम्परागत प्रचलन छ

banner single news

प्रकाश कपाली। काठमाडौंका विभिन्न क्षेत्रहरुमा पाहाँ चहे पर्व उल्लासमय र हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत्र चतुर्दशीका दिन मनाइने पर्व भएकाले यस पर्वलाई पाँहा चहे भनेको हो। चहे भन्नाले चतुर्दशीका दिन मनाइने पर्व भनेर नेवार समुदायले बताएका छन्। ‌ ‌। आज बिहान ६ बजेदेखि लुुकुमा घंको पूजा अर्चना गर्दै टोलटोलमा लुकुमा घंको मूर्ति प्रतिस्थापन गरिएको छ। प्रतिस्थापन गरेका मूर्तिलाई विभिन्न प्रकारका मिठा परिकारहरु चढाई विधिपूर्वक तरिकाले पूजा गरेको छ। यसैगरी भद्रकाली, टंकेश्वर,कंगेश्वरी मन्दिरहरूमा भगवानको मुर्ती प्रतिस्थापन गरी रथ बोकेर असन क्षेत्रमा परिक्रमा गराई रथसँग रथ जुधाउने प्रचलन छ। जसलाई नेवार समुदायका व्यक्तिहरुले दय:ल्वाकेगु भनिन्छ। भद्रकाली, टंकेश्वर , कंगेश्वरी भगवानहरुको रथ परिक्रमा गराई दय: ल्वाकेगु प्रचलनलाई ३ भगवानलाई मेलमिलाप गराई उपासना गर्नु पर्ने परम्परागत प्रचलन अहिलेसम्म पनि चलिआएको टेबाहाल आसपास क्षेत्रमा बस्ने नेवार समुदायका स्थानीयवासीहरुले बताए । वसन्त ऋतुलाई स्वागत गर्दै आज नेवार समुदायले लुकुमा घं र बिभिन्न शक्तिपीठहरुमा छोयला, लसुन, गेडागुडी जन्य परिकार, मासको बारा,माछा, अण्डा, रंगीचंगी रोटीहरु चढाएर पूजाअर्चना गरिरहेका छन्। भगवानलाई यसरी मिठाई परिकार चढाएपछि सबै परिवारका सदस्यहरु एकआपसमा रमाइलो गर्दै मिठा परिकारलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको नेवार समुदायका संस्कृति विश्लेषकहरुले बताए। धर्मसँग मात्र नजोडी यस पर्व पारिवारिक सम्बन्धसँग पनि जोडिएको छ। पाँहा चहे उपलक्ष्यमा परिवार को सदस्यहरुलाई नकत्या बोलाउने प्रचलन रहेको ज्येष्ठ नागरिक हीरा श्रेष्ठले बताउनुभयो। आजको यो दिन नेवार समुदायले विभिन्न क्षेत्रहरुमा भब्यरुपले मनाइरहेका छन्। विश्वमा फैलिरहेको कोरोनाको प्रभावको कारण विगतका वर्षहरुमा जसरी यो पर्व अलि हर्षोल्लास का साथ विभिन्न धार्मिक कार्यक्रम गरी मनाइएको छैन। कतिपय स्थानमा लुकुमा घं को पूजाअर्चना गरेर मनाएपनि विभिन्न स्थान र शक्तिपीठहरुमा भक्तजनको घुईंचो लागेको छैन। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विभिन्न धार्मिक कार्यक्रमहरु बन्द गरेको दमाई टोलका स्थानीयवासीले बताएका छन् । यसैगरी आज नेवार समुदायले आफ्नो घरमा पूजाअर्चना गरी र टोलमा प्रतिष्ठापन गरेका लुकुमा घं को पूजा आराधना गरी पाँहा चहे पर्व मनाउदै छन्।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.