Fast Nepal News

पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा सागर न्यौपाने विजयी

banner single news

ललितपुर –  चैत २६

ललितपुर, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।बुधबार भएको महासङ्घको २६औ महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका छन् । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए । म्याग्दी– महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले २७ मत प्राप्त गरे । बुधबार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा एक मत खाली परेको थियो । उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी भए। दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताए ।

केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित भए । तनहुँ– महासङघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् ।

महासङ्घको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शेख मोहम्द हनिफ (गोरा मियाँ)ले ५३ मत ल्याएका थिए । मियाँ प्रेस युनियन तर्फबाट उम्मेद्वार बनेका थिए । पौडेल प्रेस मञ्च नेपालको केन्द्रीय सचिव छन् । तनहुँमा प्रेसमञ्च नेपाल र प्रेस चौतारीबीच गठबन्धन भएको थियो ।

Inside Article Ads

त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका छन्।

त्यसैगरी महिला सदस्यमा सुनिता थापा, जनजाति सदस्यमा सिर्जना राना, महिला दलितमा मुना कालिराज विके निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए । पर्वत– नेपाल पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । बुधबार राति सम्पन्न मतपरिणाम अनुसार थापा आफ्ना निकटतम प्रतिद्वन्द्वी अगन्धर तिवारी भन्दा दुई मतको अन्तरमा विजयी भएका हुन् । थापाले २८ र तिवारीले २६ मत प्राप्त गरेका थिए । थापा प्रेस चौतारी निकट पत्रकार छन् भने पराजित तिवारी प्रेस युनियन निकट छन् ।

त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गीताकुमारी शर्मा विजयी भएका छन् । खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुुर जिसी विजयी भएका छन् । दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातीतर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा गणेश पौडेल र रञ्जना खत्री निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी भएका छन् । पत्रकार महासङ्घ पर्वतमा ५४ सदस्य छन् । रासस

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.