Fast Nepal News

भरतपुरको आइसोलेसनबाट भागेका एक संक्रमित नुवाकोटमा फेला

banner single news

काठमाडौं, भदौ १० – चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।

उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

Inside Article Ads

चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.