Fast Nepal News

फेरि बढ्यो वायु प्रदूषण

banner single news

काठमाडौं – चैत २४

काठमाडौं, केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनको भनाई छ ।

जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले सुनाए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिए तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन ।

Inside Article Ads

बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।वायु प्रदूषणको गुणस्तरको सूचक २५१ नम्बरका साथ काठमाडौँ पहिलो नम्बरमा छ । यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो ।

काठमाडौँपछि अहिले विश्वमा म्यान्मारकोयाङ्गुन, थाइल्यान्डको छियाङ माई, दक्षिण अफ्रिकाको जोहानेसवर्ग र पाँर्चाँ नम्बरमा भारतको मुम्बई छन् । काठमाडौँबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य सहरमा नेपालगञ्जको २३० र पोखराको २२२ सूचकाङ्क छ । विगत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु धनगढीमा ३७४, चितवनको सौराहामा ३०८ र भरतपुरमा ३०१ नम्बरमा उक्लिएको थियो ।

वायुको यो स्तर भनेको मानिसले घरबाहिर निस्कनै नहुने अवस्था हो । अन्य रोगले ग्रस्त भएका बिरामीका लागि यो वायु कालसरह मानिन्छ ।
अति अस्वस्थकरतर्फ आकासिँदै गएको वायु प्रदूषणयुक्त अन्य सहरमा सिमरा, हेटौँडा र भक्तपुर छन् । अन्य करिब १२ सहर पनि अस्वस्थकर वायु प्रदूषणले व्याप्त छ । गोरखापत्र दैनिकबाट

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.