Fast Nepal News

आफुलाई बलिउडबाट बाहिर फाल्न खोजेको कंगना रनौटको खुलाशा

banner single news

एजेन्सी – चैत २०

एजेन्सी, बलिउड कलाकार कंगना रनौट प्रायः जसो अनावश्यक कुराको कारण चर्चामा रहन्छिन् । कंगनाले प्रायः कलाकारहरुलाई नै निशाना बनाउने गर्छिन् । उनले आज फेरी करण जोहर र आदित्य चोपडालाई निशाना बनाएकी छिन् ।

कंगनाले आफ्नो जीवन शर्तमा बिताएको बताएकी छिन् । बेवदुनियाको अनुसार कंगनाले फिल्म थलाइवीको रिलिज डेट परिर्वतन नहुने जानकारी ट्विट मार्फत दिएकी हुन् । अभिनेत्रीले पोस्टलाई रिट्विट गर्दै करण जोहर र आदित्य चोपडालाई निशाना साध्दै ‘बलिउडको ठेकेदार’ बताएकी हुन् । कंगनाले ट्विटमा लेखेकी छिन, ‘उनीहरुले मलाई बलिउडबाट बाहिर फाल्न सबै गरे ।

Inside Article Ads

समुह बनाए तैपनि म निराश भइन् । आज करण जोहर र आदित्य चोपडा लुकिरहेका छन् । आज सबै लुक्दैगर्दा कंगना बलिउड बचाउन कै लागि १०० करोडको फिल्मको साथमा आएको छु ।’ यस भन्दा अघि पनि कंगनाले ट्विट गर्दै आफुलाई आमाको संज्ञा दिदै इतिहासमा सुनौलो अक्षरमा लेखेर आफुले बलिउडलाई बचाएको पनि बताएकी थिइन् । उनको फिल्म थलाइवी २३ अप्रिल २०२१ म रिलिज हुने जनाइएको छ । फिल्मलाई ए.एल विजयले निर्देशन गरेका छन् ।एजेन्सी

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.