Fast Nepal News

“मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” र “चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल” को आवेदन फाराम खुल्ला

banner single news

काठमाडौँ – चैत्र १९।

नेतृत्व र व्यक्तित्व बिकास एवं आत्मविश्वास अभिवृद्धिलाई मध्यनजरमा राखेर उत्कृष्ट प्रतिस्पर्धालाई स्थापित गर्दै कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्ने उदेश्यले चाँदनी इन्टरटेन्मेन्ट एन्ड ट्रेनिङ प्रालिले “मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” र “चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल” नाम दिईएको दुई सौन्दर्य प्रतियोगिता एकैसाथ आयोजना गर्ने भएको छ ।

“मिस चन्द्रागिरी नेपाल-२०१९” सौन्दर्य प्रतियोगिताको सफल आयोजना गरिसकेको आयोजक संस्थाले अब पुनः सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिने उदेश्यले उक्त दुई कार्यक्रम आयोजना गर्न लागेको हो।

Inside Article Ads

नेपालका सौन्दर्य क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरुको निर्णायक टोलीले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण समेत प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, मेकअप तथा फोटोग्राफी सम्बन्धि क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ । प्रतियोगीहरुले आफु भित्र रहेको प्रतीभालाई समेत खुलेर प्रस्तुत गर्न पाउनेछन्।

इच्छुक प्रतियोगीहरुले थानकोट क्याफे (थानकोट चोक), प्रधान फोटो स्टुडियो (सतुङल चोक), चन्द्रागिरी कम्प्लेक्स- जस्ट किक्स् (विष्णुदेबी स्कुल नजिक) र चाँदनी इन्टरटेन्मेन्ट प्रालीको फेसबुक पेज मार्फत तथा इमेल “chandragiriprincessnepal@gmail.com”
मार्फत फारम लिएर अडिसनमा सहभागीता हुन सकिने छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.