Fast Nepal News

“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा 

banner single news

काठमाडौँ – चैत्र १९।

भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप ‘ए’ तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए।

त्यसैगरी ग्रुप ‘बी’ तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए।

Inside Article Ads

प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन।

निशा पाठकले संचालन गरेको अन्तिम प्रतिस्पर्धामा तेन्जु योन्जनको कोरियोग्राफी रहेको थियो। कार्यक्रमको निर्णायक मण्डलमा ग्रुप अफ इभेन्ट एन्टरटेन्टरका संस्थापक सीईओ, नेशनल डिरेक्टर (म्यानहन्ट इन्टरनेशनल नेपाल र मिस एशिया प्यासिफिक इन्टरनेशनल नेपाल) अनुप सक्सेना, मिस एवरेस्ट नेपाल,२०१६ की विजेता आकांक्षा भट्टराई, वरिष्ठ सौन्दर्यविद तथा रुश्का रुश्का मेक अप स्टुडियोकी डिरेक्टर रुश्का बैध, अभ्यनी प्रोडक्सनका सिईओ अभिविन्द खनिया, मिस्टर नेपाल २०१९ का विजेता डा सन्तोष उपाध्याय, ईभेन्ट कन्सेप्ट डिजाईनर तथा भोग लस्टकी संस्थापक तथा सिईओ सोन्या गुरुङ, म्यान हन्ट नेपाल २०१९ को विजेता बिबेश श्रेष्ठ, प्रोफेशनल बाईक राईडर, नेचुरल मेन्स फिजिक एथलेट तथा फिटनेस मोडल सुवर्ण खड्का, शास्त्रीय गायिका, ललित कला केन्द्रीय विभाग एचओड, त्रिभुवन विश्वविद्यालय सह प्राध्यापक संगीता प्रधान रहेका थिए। कार्यक्रम को अर्डिनेटरको रुपमा राज रिशाल रहेका थिए।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको निस्ट स्कुलका प्रिन्सिपल दिलीप राणाले जनाए। सौन्दर्य प्रतियोगिता मार्फत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश केसीले बताए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.