Fast Nepal News

मनाङकाे जिल्ला अस्पताल सिल, स्वास्थ्य प्रमुखलाई नै संक्रमण देखियाे

banner single news

सम्वाददाता
१० भदौ, मनाङ । ‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ । दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् ।मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले वताएका छन् ।

स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको प्रजिअ गिरीले बताए ।

हालसम्म मनाङमा संक्रमितको संख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये आज दुई जनामा संक्रमण पुष्टि भएको हो ।

Inside Article Ads

मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए अनुसार, चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवाहरु यही भदौ १५ सम्मलाई स्थगित गरेको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.