Fast Nepal News

अन्तर्राष्ट्रिय अवार्डबाट नेपाली महिला नमिता घिमिरे सम्मानित

banner single news

काठमाडौं । ग्लोबल चेन्जमेकर अवार्डबाट नेपाली महिला सम्मानित भएकी छिन् । एशियन महिला आइकन अवार्डी मानव सद्भाव नेपाल कि अध्यक्ष सस्थापक नमिता घिमिरे ग्लोबल चेन्जमेकर अवार्डबाट सम्मानित भएकी हुन् ।

यो पुरस्कार विश्वका सर्वश्रेष्ठ परिवर्तनप्रति महात्मा गान्धी नेल्सन मण्डेला, मार्टिन लुथर किङ्ग सम्झना र श्रद्धान्जलीमा समर्पित गर्दै यस पुरस्कार बितरण गरिएको थियो। विभिन्न क्षेत्रका तह र तप्कामा कार्यरत व्यक्तिहरु र संगठनलाई समाजमा सबै किसिमका विभेद उन्मुलन गर्न र मानव जिबन स्तर उकास्न सहयोग गर्नुपर्छ भन्दै प्रोजेक्ट १०० र मानिनी फाउन्डेशन यस उदेश्यका लागि ग्लोबल चेन्जमेकर अवार्ड आयोजना गरिएको थियो ।

यस अवार्डमा १५ देशका विशेष व्यक्तिहरु लगाएत भारतका विभिन्न राज्यका व्यक्तिहरुलाई शिक्षा, कला, खेलकुद, स्वास्थ्य, वातावरण, मिडिया, कृषि उधोग व्यापारी, महिला सशक्तीकरण, संस्था संस्थापक, मानब अधिकार कर्मी जस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका र समाजलाई प्रत्यक्ष रुपमा सकारात्मक बाटोमा मार्गदर्शन गराईरहेका व्यक्तिहरूलाई प्रोत्साहन गर्न यस अवार्डबाट सम्मानित गरिएको थियो।

विभिन्न विधामा प्रदान गरिएको अवार्डमा नेपालबाट नमिता घिमिरेलाई ग्लोबल चेन्जमेकर अवार्ड बाट सम्मानित गरिएको थियो । संस्थाको संस्थापक समाजसेवीको रुपमा विगत दश बर्ष देखी महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण, बालबालिका, अपाङ्ग अनाथका लागि कार्यक्रम सञ्चालन गर्दै आएकी घिमिरे बिभिन्न देशका गाउँमा आधारीत गैरसरकारी संस्थालाई निर्देशन दिँदै र सल्लाहकारको रुपमा काम गर्दै समाज परिवर्तनकर्ताको जल्दो उदाहरण बन्दै आईरहेकि घिमिरे एसियन महिला आइकन अवार्ड २०२० अक्टोबर १५ मा समेत उनलाई तिस वर्ष कम उमेरको र सफल संस्था संस्थापक रुपमा ४०० भन्दा बढि महिलाहरूको प्रोफाईलका मध्यबाट र ४० औं देशमा एक छानिएको थियो।

Inside Article Ads

विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरिएको यस कार्यक्रममा भारतका पुर्व केन्द्रिय मन्त्री शुशिल कुमार शिंदे वरिष्ठ कार्यकर्ता पद्म डाक्टर गिरीश प्रभुणेहरुको उपस्थितले सम्मानित गरियो। त्यसैगरी कार्यक्रममा डाक्टर विजयकुमार शाह, डाक्टर रंगनाथ नायकडे, प्रोजेक्ट १०० का फाउण्डर संस्थापक सुरज गायकवाड र मानिनी फाउन्डेशन संस्थापक भारती चोव्हान लगाएत अन्य बिभिन्न देशका पुरस्कृत कलाकारहरुको पनि उपस्थित थियो।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.