Fast Nepal News

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट

banner single news

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो। अब प्रधानमन्त्री केपी ओली छ। उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ। तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न,’ उनले भने,‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्। हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ।’

उनले अहिले आफ्ना बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए। लामो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र तलमाथि हुन नदिने ओलीको दाबी छ।

Inside Article Ads

सम्बोधनका क्रममा उनले सरकारले गरेका विकास निर्माणका कामको बारेमा विशेष चर्चा गरेका थिए।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.