
नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन। प्रगतिशील पत्रकार संघ रूपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। ‘अलिकति पनि नैतिकता बचेको भए ओलीजीले राजीनामा दिएर मुलुकलाइ निकास दिनुपर्छ, तर उहाँमा नैतिकता नै देखिएन,’ उनले भने।
