Fast Nepal News

प्रधानमन्त्री ओली शीतलनिवास पुगे

banner single news

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास पुगेका हुन् ।सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ ।त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका राजदूत डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका हुन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.