Fast Nepal News

७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरि मारे र वालककाे ज्यान वचाए ।

banner single news

लमजुङ सम्वाददाता
लमजुङ भदाै ७ । लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवाले एक बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे । अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्‍यो । बालक सकुशल छन् । चितुवासँग लडेका थापा भने घाइते भएका छन । घाइते थापाको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.