Fast Nepal News

श्रीमतीले फरुवा प्रहार गरी श्रीमानको हत्या

banner single news

कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षको श्रीमान् ओमकुमार चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादका कारण वसन्तीले फरुवा प्रहार हत्या गरेको बुझिएको बताय । ‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ’, वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको हो ।’

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का ७६ वर्षीया प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

Inside Article Ads

कुटपिटमा संलग्न ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुनलाई प्रहरीले हिरासाथमा लिएको छ भने गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिय ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.