Fast Nepal News

सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु

banner single news

शनिबार राति मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ। पूर्वतर्फबाट जाँदै गरेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको स्कुटर एकआपसमा ठोकिँदा भएको दुर्घटनामा घाइते भएका दुई जना युवकको उपचारका क्रममा राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी–४ स्थित भद्रमारी चोकमा भएको दुर्घटनामा स्कुटरमा सवारी उर्लाबारीका दुई जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकले अगाडिको गाडीलाई ओभरटेक गरी अघि बढ्ने क्रममा विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको उर्लाबारीस्थित अरनिको अस्पतालमा राति सवा ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.