
कारागारमा सजाय काटिरहेका बन्दीको कैद समय छुट गरी आम माफी दिने भएको छ।सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कसुरमा कारागारमा सजाय काटिरहेका बन्दीको कैद समय छुट गरी आम माफी दिने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यही माघ १५, माघ २९ र फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जिल्ला प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानी र राम्रो आाचरण भएका, कारागारको मापदण्ड पूरा गरेकालाई सरकारले त्यस्ता कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरेको जानकारी दिए।
