Fast Nepal News

स्वास्थ्य मन्त्रालयले भन्यो : डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालय सहमत छैन

banner single news

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क एक्लौटी रुपमा बढाएकोप्रति आपत्ति जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल चिकित्सक संघ र अफिनले बढाएको बिरामी परामर्श शुल्कमा मन्त्रालय सहमत नरहेको उल्लेख छ।

मन्त्रालयले कोभिडका कारण उत्पन्न आर्थिक शिथिलताका कारण अहिलेको अवस्थामा ११ भदौ २०७१ को मन्त्रालयको पत्रअनुसार परामर्श शुुल्क लिन भनेको छ। साथै, निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा कार्यरत स्वास्थ्यकमर्मीहरुको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्क समेत समय सापेक्षित परिमार्जन गर्नका लागि मन्त्रालय छलफल गर्न तयार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Inside Article Ads

बुधबार चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकको नयाँ परामर्श शुल्क तोकेका थिए।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.