Fast Nepal News

राईनास नगरपालिकाद्धारा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन

banner single news

सुमित्रा भुजेल
फागुन २,लमजुङ
लमजुङकाे राईनास नगरपालिकाले स्वस्थ  बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाका १० वटै वडामा स्वस्थ बच्चा पहिचानका लागि कार्यक्रम गरेको हो ।
राईनास नगरपालिका स्वास्थ्य शाखा प्रमुख नानीबाबु ढकालका अनुसार ६ महिनादेखि २ बर्षसम्मको बच्चाको पोषणको स्थिति कस्तो छ भनि अवस्था बुझ्नका लागि कार्यक्रममा नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रम २५ गते वडा नं ३, ५ र १० गरिएको थियो । भने २९ गते बाकी वडाहरुमा गरिएको थियो । वडामा रहेका बच्चाहरुको पोषणको स्थिति उमेर अनुसार तौल, खोपको अवस्था आदि पहिचान गरिएको थियो । सवै कुराको पहिचान गरस् प्रत्येक वडाबाट ३ जनालाई प्रथम दितिया र तृतीया बनाउनुका साथै १ जनालाई सन्तावना बनाई पुरस्कृत गर्ने बतउनुभयो । साथै वडामा वडामा कुपोषण लागेका बालबालिका भेटिएमा दाल अण्डा समेत वितरण गरिने उहाँले बताउनुभयो ।, नगरपालिकाको योजना अनुसार फागुन महिनामा १० वटा वडाका पहिलो दोस्रो तेस्रोलाई पालिकामा ल्याई प्रतिस्पर्धा गर्ने, समेत उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार वडामा रहेका बच्चाका आमालाई बच्चालाई स्वास्थ्य राख्न, खोप लगाउने, पोषणयक्त खानेकुरा खुवाउने, कुरालाई ध्यानमा आओस भनि कार्यक्तम गरिएको हो । प्रत्येक बर्ष यस कार्यक्रमलाई निरन्तरता दिई बच्चालाई कुपोषण हुनाबाट जोगाउने लक्ष्यका साथ कार्यक्रम गरिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.