Fast Nepal News

प्रितम पौडेलको मोटिभेसनबाट प्रभावित मुनालका विधार्थी धर्धरी रोए

banner single news

काठमाडौं, ०२ फागुन । धादिङको गजुरीमा अवस्थित मुनाल एकेडेमीको प्राङ्गण शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीले भरीभराउ थियो । यतिकैमा मोटिभेसन दिन अगाडी उभिए -प्रितम पौडेल । अत्यन्तै रोचक प्रस्तुतिका साथ विद्यार्थीहरुलाई मोटिभेट गर्ने पौडेलको प्रस्तुतीले मुनालका विद्यार्थीहरु भावुक मात्रै बनेनन्, रोए पनि ।

के पढ्ने ? किन पढ्ने ?कसरी पढने? कस्ता साथी बनाउने ?घरमा के सिक्ने ? विद्यालयमा कसरी प्रस्तुत हुने ? भन्ने बारे पौडेलले विद्यार्थीहरुलाई मोटिभेसन दिँदै गर्दा विद्यार्थीहरु रोएको प्रिन्सिपल रमेश श्रेष्ठले स्विकार्नुभयो । शुक्रबार विद्यार्थीहरुलाई मोटिभेशन दिएका प्रितम पौडेलले शनिबार मुनाल एकेडेमीका अभिभावकहरुलाई साक्षात्कार गरे ।

Inside Article Ads

अभिभावहरुको ध्यानाकषण गराउँदै सुरुमै प्रितमले पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्नुपर्ने बताएका थिए । नानीबाबुहरुको सबैको सिक्ने क्षेमता र समान हुँदैनन् कोहि छिटै सिक्छन्, कोहि ढिलो यसो हुनुका धेरै कारण मध्य अभिभावकले डरत्रासमा राखेका बालबालिकाहरु ढिलो सिक्छन् र खेलको माध्यम वा मनोभावना बमोजिम साथी समान हुर्किएका नानीबाबुहरु पढाएको पनि छिटो बुझ्ने विभिन्न तथ्याङ्कले देखाएकोले नानीबाबुहरुलाई डरबाट मुक्त राख्न पौडेलले आग्रह गरे ।

पौडेलले शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र बिग्रँदो युवापुस्ताका विषयमा सहजिकरण गरेका थिए ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.