
श्री सिम्लेश्वर महादेवस्थान संरक्षण संस्था,तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीको वार्षिक साधारण सभा सम्पन्न भएको छ।तार्केश्वर नगरपालिका -२ का वडा अध्यक्ष रबिन्द्र के सीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।
संरक्षण संस्थाका रामप्रसाद अधिकारी कार्यक्रमका सभापति रहनुभएको थियो।कार्यक्रममा काभ्रेस्थली स्वास्थ्य केन्द्र प्रमुख बिजय कुमार देब,अर्जुन भण्डारी ,सञ्जय ढकाल,रबिना सापकोटा ,काभ्रेस्थली मा.बिका सुकदेब ढकाल ,शान्तिधामका कोषाध्यक्ष सालिकराम लामिछाने ,अभिमन्यु नेपाल ,सर्व कल्याणेश्वरका रामबाबु फुयाल ,राधाकृष्ण खड्की ,तिर्थ प्रसाद ढकाल,गुरुकुलका पुर्व अध्यक्ष वासु देब ढकाल,ग्रीन सोसाइटीका अध्यक्ष मधु अधिकारी अतिथिका रुपमा हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथी रबिन्द्र केसिले इतिहासलाई बिर्सनु हुदैन भन्दै लक्ष्मिराज चापागाईं,टंक प्रसाद अधिकारी,लोकेन्द्र सन्ज्याल,अग्निप्रसाद उपाध्याय लगायत भवन निर्माण समितिलाई धन्यवाद दिनुका साथै गुरुकुल लगायत निर्माणाधीन भौतिक संरचना निर्माणका निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।उहाँले काभ्रेस्थलिलाई धार्मिक पर्यटकिय क्षेत्र घोषणा प्रस्ताव नगरपालिका लगायत सम्बन्धित निकायहरुमा पेश गरेको जानकारी गराउनुभयो।
कार्यक्रममा गुरुकुलका तर्फबाट छात्रहरुबाट स्वस्ती वाचन गरि कार्यक्रमको प्रारम्भ भएको थियो।वार्षिक साधारण सभाले सिम्लेश्वर महादेव स्थान संरक्षण संस्थाको नयाँ कार्यसमिति गठन गर्यो ।नयाँ कार्यसमितिमा रामप्रसाद अधिकारी,उपाध्यक्ष रामचन्द्र अधिकारी ,सचिव सिबराम फुयाल,सह-सचिवमा अग्नि प्रसाद उपाध्याय,कोषाध्यक्ष रबिना अधिकारी ,सदस्यहरुमा शर्मिला लामिछाने ,गायत्री ढकाल,ठाकुर तिमिल्सिना ,शालिकराम लामिछाने सल्लाहकार समिति संयोजक लक्ष्मीराज चापागाईं हुनुहुन्छ ।
