
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले २२ औं साधारण सभा सम्पन्न गरेको छ।विगतका ८ र यो पटक थपिएका ६ गरी १४ जना अग्रजहरुको नाममा बिगतमा दिदैआएको रकम प्रतिव्यक्ति रु. २० हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ। । बिगतमा स्थापित र थप स्थापित भै पुरस्कृत हुनुभएका अग्रज पत्रकारहरु
१, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित
२, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ
३, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा
४, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल
५, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा
६, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात
७, वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल
८, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे
९, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास
१०, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले
११, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा
१२, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही
१३, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी
१४, फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी सहित शाखाका पत्रकार अर्जुन डोटेल समेत शाखाको साधारणसभा बाट सम्मानित हुनुभएको मा
सबै अग्रजहरुप्रति वधाई ज्ञापन गरिएको थियो ।अग्रजहरुको पत्रकारिता जगतको आगामी यात्रा थप सुखद रहोस् भन्ने कामना समेत गर्दछु ।

चाैलागाईकाे कार्यकालमा पुर्ब प्रधानमन्त्री आदरणीय माधबकुमार नेपाल ज्युको विशेष उपस्थितिमा बरिस्ठ पत्रकार गोपाल थपलियालाई स्वास्थ उपचार रकम हस्तान्तरण गर्दै स्थापना गरिएको झन्डै २ लाख रकम बाट अनामनगर स्थित लुम्बिनी बैकमा खाता खोली शुरु गरिएको पत्रकार स्वास्थ्य उपचार कोष को यो सोच र अभियान लाई वृद्धि गराउन काठमाडौ माहानगरपालिकाका मियर बिद्या सुन्दर शाक्य ले १५ लाख सहयोग गर्नु भएको छ। अब शाखामा यस उपचार कोषमा झन्डै १७ लाख जम्मा भएको छ।
नयाँ आउने कार्य समितिले अझै वृद्धि गर्दै जाने बिश्वास समेत लिएको पत्रकार महासंघ काठमाडौ सखाका अध्यक्ष चाैलागाईले वताए ।
बिगतका ऎतिहासिक सोच र उपलब्धि सहितको जगलाई निरन्तरता दिनु साझा सस्थाको कर्तव्य अनि सुन्दर पक्ष पनि यही नै हो।
यो अभियानमा लाग्नुहुने शाखाका अध्यक्ष, उपाध्यक्ष सचिब सहित सबै कार्यसमितिका साथीहरूलाई साधारणसभा भब्यताका साथ सफल बनाउनु भएकोमा उहाँले विशेष धन्यवाद दिनुुुुुुुभएकाे छ ।उहाँले कार्यक्रमा सहभागिता जनाउनु हुने सबैमा हार्दिक सम्मान व्यक्त गर्दछु । साधारणसभा बाट पत्रकार हितका निम्ति १३ बुदे ध्यानाकर्षण पत्र जारी गरिएको छ।
