Fast Nepal News

नेपाललाई खोप खरिदका लागि सहजीकरण गर्न चीन तयार

banner single news

नेपाललाई अनुदानमा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न आफू तयार रहेको बताएको छ ।

शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दियको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन वार्तामा वाङले ५ लाख डोज अनुदानमा उपलब्ध गराउनुुुुका साथै नेपालका लागि आवश्यक खोप खरिदका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
सिनो फार्मले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । चीनले अनुदानमा दिने भनेको खोप सकेसम्म छिटो ल्याउनका लागि नेपाली अधिकारीहरुसँग परामर्शमा रहेको दूतावासले जनाएको छ ।

Inside Article Ads

सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई उपलब्ध गराएको सरकारले अब दोस्रो चरणमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरुलाई उपलब्ध गराइने जनाएको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.