Fast Nepal News

बाबुले गोली हानी छोरीको हत्या

banner single news

बैतडीमा शनिबार साँझ बाबुले गोली हानी छोरीको हत्या गरेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन्।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी र्दिए। “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, उनले भने,“घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ।”

Inside Article Ads

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ। घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ। विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ। महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.