Fast Nepal News

कर्णालीमा हिमपात, तापक्रम माइनसमा झर्‍यो

banner single news

काठमाडौं,२३ माघ । केही दिन यता मौसममा आएको बदलीसँगै कर्णालीका उच्च क्षेत्रमा हिमपात भएको छ । हुम्लालागायत उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको छ ।

बिहीबार बिहानदेखि बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले गर्दा तापक्रम माइनस डिग्रीले तल झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ । दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन अती कष्टकर बनाएको छ ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका(६ बराइगाउँका मानबहादुर ऐडीले बताए ।
यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।

Inside Article Ads

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा परेका छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै खुसी भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.