Fast Nepal News

बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षको मृत्यु

banner single news

वीरगञ्ज २२ माघ । बारामा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका सशस्त्रका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमका अनुसार दार्चुला घर भएका उनी ड्युटीकै क्रममा अचानक बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो । कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो । तर नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।नारायणी अस्पताल आकस्मिक विभागका प्रमुख डाक्टर उदय नारायण सिंहले अस्पतालमा मृत अवस्थामा नै आइपुगेको जानकारी दिए । ‘एक्कासी लड्नुभयो भनेर ल्याइएको थियो, तर अस्पतालमा ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो,’ डा. सिंहले भने, ‘सडेन डेथ हुनुको पछाडि मुटु सम्बन्धि कुनै समस्या हुनसक्छ ।’

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.