Fast Nepal News

तीन लाखले दिए लाइसेन्सको आवेदन

banner single news

काठमाडौं, सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवदेन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

‘अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, मे–जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ उनले भने ।
कोरोनाका कारण १० महिना नयाँ लाइसेन्स प्रक्रिया सबै बन्द हुँदा अब भने लाइसेन्स प्रक्रियामा सहभागी हुन सर्वसाधारणले लामो समय कुर्नुपर्ने भएको हो ।

Inside Article Ads

यातायात कार्यालयले देशैभर करिब ७–८ लाख जनाले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने अनुमान गरेका छन् । हाल विभाग संघ अर्थात् केन्द्र सरकार मातहत रहेको छ भने यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत रहेका छन् ।
लाइसेन्सका लागि परीक्षा तथा ट्रायललगायतका काम यातायात कार्यालयहरूले गर्ने गरेका छन् । विभागको जिम्मामा लाइसेन्स खुला गर्ने तथा छाप्नेलगायत काम छन् ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ । आर्थिक अभियान दैनिकबाट

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.