Fast Nepal News

राजनीति झडपको क्रममा पुर्वमन्त्री रामचन्द्र झाको टाउको फुट्यो

banner single news

आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ ।बन्दकारीले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।

झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.