Fast Nepal News

आमहड्तालले अर्घाखाँचीको जनजीवन प्रभावित

banner single news

सन्धिखर्क : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् ।

जिल्लाको सदरमुकाम सन्धिखर्क चुत्राबेसीलगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारसमेत बिहानैदेखि पूर्णरुपमा बन्द छन् । शैक्षिक संस्था, कलकारखाना बन्द छन् ।

प्रचण्ड–नेपाल पक्षका संघर्ष समितिका नेता तथा कार्यकर्ता सदरमुकाम सन्धिखर्क चुत्रावेसीमा खोलिएका पसल, सवारी साधन बन्द गराउँदै गल्ली गल्ली हिँडेका छन् । सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् भने बाहिरबाट जिल्ला भित्रने सवारी साधन पनि भित्रन सकेका छैनन् । यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

Inside Article Ads

जिल्लामा कुनै अप्रिय घटना घट्न नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीले गस्ती समेत गरेका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.