Fast Nepal News

अम्बा खानुका सात फाइदा

banner single news

भनिन्छ अनुसारको अनुसाको फलफूल सेवन गर्नु राम्रो हो । प्राय जसो चिसो मौसममा पाइने अम्बा निकै मिठो हुनुका साथै स्वास्थ्यवर्दक र फाईदा जनक मानिन्छ । यो फल प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा निकै निकै लाभदाईक र फाइदाजक मानिन्छ ।

१ – मधुमेहको रोकथाम ,अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै स्वास्थयबर्दक र फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह इनिे गरिन्छ ।

२ – दाँतका समस्यामा, यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

३ – रुघाखोकीमा, अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

Inside Article Ads

४– तौल घटाउन, अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ । त्यस्त्ै, अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन चाहनेका लागि अम्बा राम्रो विकल्प हुनसक्छ

५– मदिराको असर कम गर्छ,यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

६– आँखा तथा छालाको लागि,अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रँगलाई समेत कायम राख्छ ।

७– कब्जियतको समस्यामा, कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

Visited 80 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.