![banner single news](https://newsnepalhd.com/wp-content/uploads/2020/07/1584335564.gif)
काठमाडौं, भदौ ४ – पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ।
कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।
केही केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ ।
विभागले हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको जनाएको छ।
![](https://newsnepalhd.com/wp-content/uploads/2020/08/8DB29D79-75C0-439B-B101-91490A30D0D2-786x1024.jpeg)