Fast Nepal News

गाँजा किन्न पैसाको विवाद, हँसियाले घाँटी काटेर वृद्धाको हत्या आरोपमा ४८ वर्षीय पक्राउ

banner single news

सुमित्रा भुजेल
लमजुङ — राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाँजा खरिद गर्ने क्रममा पैसाको विषयमा विवाद भएपछि उनले घरमै रहेको हँसियाले वृद्धाको घाँटी काटेर हत्या गरेको खुलेको हो।

साउन २३ गते राति करिब ९ बजे काली सार्की आफ्नै घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले राइनास नगरपालिका–६ फूलबारीकै ४८ वर्षीय प्रेम अच्छामीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मृतक काली सार्की र अच्छामीबीच गाँजा खरिद गर्ने क्रममा पैसाको विषयमा विवाद भएको थियो। विवाद बढेपछि अच्छामीले मृतककै घरमा रहेको हँसियाले कालीको घाँटी काटी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Inside Article Ads

हत्या गरेपछि अच्छामीले काली सार्कीले शरीरमा लगाएका करिब ५० लाल तौल बराबरका सुनका गरगहना समेत चोरी गरी लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले अच्छामीलाई साउन २५ गते पक्राउ गरेको हो। उनलाई साउन २६ गते लमजुङ जिल्ला अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

घटनामा थप व्यक्ति संलग्न भए/नभएको तथा घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी लमजुङले जनाएको छ।

Visited 22 times, 22 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.