Fast Nepal News

नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवको अवसरमा ग्लोरी मिडिया सम्मानित

banner single news

 

काठमाडौं । सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत नेपाल टेलिभिजन (ण्ट्व्) ले आफ्नो ४१औँ वार्षिकोत्सवको अवसरमा ग्लोरी मिडिया प्रा।लि। लाई सम्मान गरेको छ।

नेपाल टेलिभिजन, सिंहदरबार, काठमाडौंमा माघ​ १७ ग​ते आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८१/८२ मा नेपाल टेलिभिजनसँग उल्लेख्य र प्रभावकारी व्यावसायिक तथा सामग्रीगत सहकार्य गरेको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।  प्रदान गरिएको स​मान​–पत्रमा ग्लोरी मिडियाको सहकार्यले नेपाल टेलिभिजनका कार्यक्रम, प्रसारण प्रणाली तथा सामग्री प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

सार्वजनिक सेवा प्रसारण नेपालको तर्फबाट प्रदान गरिएको सम्मानपत्र सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले संयुक्त रूपमा ग्लोरी मिडिया प्रा।लि।का अध्यक्ष सरोज ओझालाई हस्तान्तरण गरेका थिए। समारोह सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सम्मान ग्रहणपछि ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले नेपाल टेलिभिजनसँगको सहकार्यलाई गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा सार्वजनिक हित, राष्ट्रिय संस्कृति र समावेशी सञ्चारलाई केन्द्रमा राखी अझ प्रभावकारी, गुणस्तरीय र नवप्रवर्तनमूलक सामग्री उत्पादनमा प्रतिबद्ध रहने बताएका छन। उनले सार्वजनिक सेवा प्रसारणलाई सुदृढ बनाउने अभियानमा ग्लोरी मिडिया निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।

Inside Article Ads

नेपाल टेलिभिजनले पनि आगामी दिनमा ग्लोरी मिडियाजस्ता व्यावसायिक तथा उत्तरदायी मिडिया संस्थासँग सहकार्यलाई थप विस्तार गर्दै सार्वजनिक सेवा प्रसारणको दायरा र प्रभाव अझ मजबुत बनाउने जनाएको छ।

ग्लोरी मिडिया प्रा लि २०६७ साल जेष्ठ महिनामा कंपनी रजिष्टारको कार्यालयमा विधिवत​ रुपमा दर्ता भई निर्वाध रुपमा संचालनमा आईरहेको छ । कामपा २८ मा अवस्थित ग्लोरी मिडियाले टेलिभिजन कार्यक्रमको उत्पादन तथा प्रसारण, श्रव्यदृश्य सामाग्रीको छायाँकन, संपादन तथा वितरण, वृत्तचित्र निर्माण तथा प्रसारण, कार्यक्रम संवन्धि रिपोर्ट लेखन, प्रकाशन तथा प्रसारण, टिभिसि एवं रेडियो जिंगल निर्माण तथा प्रसारण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

नेपाल टेलिभिजनमा आधिकारिक एजेन्सीका रुपमा दर्ता रहेको ग्लोरी मिडियाले सचेतना नामक कार्यक्रम प्रसारण गर्दै आएको छ भने विगतमा बाल कार्यक्रम बाल आवाज, शान्ति संबन्धी आदर्श परिवार, कुकिंग रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलि श्रृंखला कुरा मात्र भो उत्पादन गरि प्रसारण गरेको छ ।

हालसम्ममा ग्लोरी मिडियाले १५० भन्दा बढिको संख्यामा वृत्तचित्र, करिब २५ वटा टि भि सि एवं रेडियो जिंगल, २५० भन्दा बढिको संख्यामा श्रव्यदृश्य रिर्पोट निर्माण गरिसकेको मिडियाले जनाएको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.