Fast Nepal News

रामेछापमा छायांकन सम्पन्न : सेन्टिमेन्टल सिरियल ‘आफ्नो भाग्य’ अब नियमित प्रसारणमा

banner single news

रामेछापको नामाडीमा सिरिएल आफ्नो भाग्य को शुटिङ सम्पन्न भएको छ ।करिब १५ दिनको छायांकन पछि सकिएको निर्देशक दिनेश कार्किले बताए। समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ सेन्टिमेम्टल टेलि सिरियल “आफ्नो भाग्य ” प्रसारण भइरहेको छ। यो सिरियल हरेक आइतबार साँझ ७ बजे राम खड्का युट्युब च्यानलमा प्रसारण हुदैछ । “आफ्नो भाग्य” लाई निर्माता राम खड्काले निर्माण गरेका हुन् भने कथा पट्कथा संवाद दिनेश कार्किले लेखेका हुन छायाङ्कन र सम्पादन सनम तामाङ ले गरेका हुन । सिरियलका कलाकारहरूमा मिलन खड्का ,दिवाकर घिमिरे आदित्य शाही ठकुरी, अर्जुन कट्वाल,अन्जली थापा,सबिता थपलिया,राम खड्का,मोहन अधिकारी,रोहित कार्की,यादब कार्की,सन्तोस पोख्रेल,सम्झना श्रेष्ठ ,लगायत रहेका छन् । यी कलाकारहरूका अभिनयले सिरियललाई परिवारिक रुपले बनाएको निर्माण टिमले जनाएको छ । सिरियलमा आकृती खड्काले शृङ्गारको जिम्मेवारी सम्हालेकि छिन् भने दिनेश कार्किले निर्देशन गरेका छन् । शृङ्खला निर्देशकको रूपमा भने मिलन खड्काको रहेका छन् । यस सिरियलले सामाजिक र व्यक्तिगत अनुभवहरूलाई केहि म्यासेज दिने ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको शृङ्खला निर्देशक मिलन खड्काले जानकारी दिए । सिरियलले समाजका विभिन्न पक्ष र परिस्थितिहरूलाई एक समाजको स्वरुप बदल्न खोज्ने पात्रका रूपमा चित्रण गरेको छ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने उद्देश्य निर्माण टिमले राखेको छ । (आइतबार ) ७ बजे राम खड्का युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Inside Article Ads
Visited 54 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.