Fast Nepal News

श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

banner single news

 

काठमाण्डौ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रि (NVCCI) को १४औँ वार्षिक साधारण सभाले सुनिल भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमिति अन्तर्गत उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा नवीन सारु (डोल ब थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सदस्यमा मनिशलाल प्रधान, सुशील स्थापित, दिपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै कार्यसमितिले किरण कुमार श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ । निर्वाचन अधिकृतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थिए। नेपाल – भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिका

अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अवैतनिक वाणिज्यदूत श्रेष्ठले नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ। चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ।” साथै, अवैतनिक वाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो। सभामा अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पार्नुभयो। उहाँले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गर्नुभयो। साथै उहाँले भन्नुभयो, “नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ। निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ।”

Inside Article Ads

सभामा महासचिव गोपालदास मानन्धरले २०८०/८१–२०८१/८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिनुभयो। कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) तथा प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पुर्याएको आधारमा उर्मिला श्रेष्ठ हुनुहुन्छ। साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिहरूलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गर्नुभयो। पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिल भक्त श्रेष्ठले मन्तव्य व्यक्त गर्दै भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “दुवै देशबीचको व्यापार क्षमता ठूलो छ। अबको कार्यकालमा हामी व्यापारिक प्रमोशन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लैजानेछौँ।” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले जनाएको छ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.