Fast Nepal News

संविधान हाम्रो पहिचान : नेवि संघको प्रदर्शनमा गुञ्जियो – यो देश सबै नेपालीको हो

banner single news

काठमाडौँ । “यो देश सबै नेपालीको हो, संविधान हाम्रो अस्तित्व हो” भन्ने सन्देशसहित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले मीनभवनमा शक्ति प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा आयोजित प्रदर्शनमा नेपाल विद्यार्थी संघ लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति तथा नेवि संघ केन्द्रीय सदस्य डि.बी. पराजुलीसहित ठूलो संख्यामा विद्यार्थीको उपस्थिति थियो ।

विद्यार्थीहरूले संविधानको रक्षा गर्नुपर्ने माग गर्दै नारा दिएका थिए भने “विदेशी हस्तक्षेप बन्द गर” भन्ने लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले संविधानको मर्म, राष्ट्रियता र स्वाभिमान सबै नेपालीको साझा पहिचान भएको स्पष्ट सन्देश दिन खोजेका थिए ।

Inside Article Ads

नेवि संघका विद्यार्थीहरूले भने — “यो संविधान हाम्रो बलिदान र संघर्षको उपज हो, यसलाई कमजोर पार्ने प्रयास हामीले स्वीकार गर्ने छैनौँ । देश सबै नेपालीको हो, कुनै शक्तिको दबाबमा चल्दैन ।”

यसरी, विद्यार्थी आन्दोलनले फेरि एकपटक संविधानको संरक्षण र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा सबैको जिम्मेवारी भएको सन्देश प्रष्ट पारिदिएको छ ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.