Fast Nepal News

नेवा: परिषद र राष्ट्रिय मुक्ति पार्टीको सामूहिक बैठक सम्पन्न, रणनीतिक सम्बन्धबारे गहन छलफल

banner single news

काठमाडौं, २०८२ भदौ १९ –
नेवा: राष्ट्रिय परिषद र राष्ट्रिय मुक्ति पार्टी नेपाल (स्वनिग:) का केन्द्रिय नेताहरूको प्रथम सामूहिक बैठक बिहीबार कालिमाटीस्थित F10 पार्टी भेन्युमा सम्पन्न भएको छ।

नेवा: राष्ट्रिय परिषदका संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको उक्त बैठकले पार्टी र परिषदबीचको रणनीतिक, संगठनात्मक तथा सैद्धान्तिक सम्बन्धलाई स्पष्ट पार्ने विषयमा गहन छलफल गरेको थियो। साथै, कार्यकारिणी निर्णय र समन्वय प्रक्रिया निर्धारण गर्ने विषय पनि प्रमुख एजेन्डा बनेको थियो।

बैठकमा स्वदेशी ज्ञान–सूचना–प्रविधि प्रवर्द्धन, कार्यालय व्यवस्थापन, आर्थिक तथा भौतिक तयारी, स्वशासन विधान निर्माण, राष्ट्रिय बाहिनी निर्माण, समुदाय सहभागिता र स्वदेशी जनसंघर्ष कार्यक्रमबारे विस्तृत छलफल भएको थियो।

Inside Article Ads

पार्टी प्रवक्ता तथा परिषदका नेता रबिन्द्र कुमार श्रेष्ठले कार्यकारिणी बैठकका निर्णय, बहुल राष्ट्रिय सभा निर्माण, गुठी संवाद, १०० करोड स्वनिग: इन्भेस्टमेन्ट परियोजना, तथा जिल्ला संगठन विस्तारसम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।

बैठकले आगामी दिनमा संयुक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्वदेशी अधिकार र राष्ट्रिय मुक्ति आन्दोलनलाई सुदृढ गर्ने संकल्प व्यक्त गरेको छ।

Visited 76 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.