Fast Nepal News

गोरखा दुर्घटना ः २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

banner single news

काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ ।
उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए ।
घाईते चालक सहित २१ जना मध्ये १६ जनाको अवस्था मध्यम, ५ जनाको सामान्य, सि.न. १, ३ र १४ को घाईतेलाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ ।
घाईतेहरुको आरुघाट आधारभुत अस्पताल आरुघाटमा उपचार भईरहेको ।भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा काठमाण्डौंबाट सोती तर्फ जाँदै गरेको बा.प्र.०१–००६ख ४१३१ नं को रात्री बस ब्रेक फेल भई सडकबाट अं.४ मिटर तल खसेको थियो ।
उक्त घटनाको जानकारी पाएपछि इ.प्र.का आरुघाट प्र.ना.नि.लेखनाथ सिग्देलको कमाण्डमा १० जनाको टोली खटाइएको थियो ।

घाईतेहरुको विवरण ः
१.चालक जि.गोरखा गण्डकी गा.पा.२ बस्ने वर्ष ३८ को झक ब.थापा मगर, कम्मरमा चोट अवस्था मध्यम, थप उपचारको लागी काठमाण्डौं रिफर ।
२.जि.काभ्रे तिमाल गा.पा.८ बस्ने वर्ष ४५ को आकाश तामाङ, हात र टाउकोमा चोट, अवस्था मध्यम ।
३.जि.गोरखा गोरखा न.पा.४ बस्ने वर्ष ३० को दुर्गा ब.खत्री, खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम थप उपचारको लागी काठमाण्डौं रिफर ।
४.जि.गोरखा चुमनुब्री गा.पा.२ बस्ने वर्ष २० की छिरिङ छो शरिरमा चोट, अवस्था सामान्य ।
५.जि.गोरखा आरुघाट गा.पा.बस्ने वर्ष २५ को बिशाल गुरुङ, हातमा चोट, अवस्था सामान्य ।
६.भारत मोतिहारी बस्ने वर्ष ३० को कप्रेस आलम हातमा चोट, अवस्था सामान्य ।
७.जि.गोरखा भिमसेनथापा गा.पा.२ बस्ने वर्ष २८ को लोकनाथ भट्टराई, शरिरमा चोट, अवस्था सामान्य ।
८.जि.ईलाम सुर्यदय न.पा.१२ बस्ने वर्ष २० को किसान राई, गालामा चोट, अवस्था सामान्य ।
९.जि.गोरखा भिमसेनथापा गा.पा.२ बस्ने वर्ष २० को सचिल बाबु भट्टराई, कोखमा चोट, अवस्था मध्यम ।
१०.ऐ बस्ने वर्ष २८ को गणेश भट्ट, मुखमा चोट, अवस्था मध्यम ।
११. ऐ बस्ने वर्ष २३ को सन्देश भट्टराई, शरिरमा चोट, अबस्था मध्यम ।
१२. ऐ.बस्ने वर्ष ४८ को टेक प्र.भट्टराई, शरिरमा चोट, अवस्था मध्यम ।
१३.जि.गोरखा आरुघाट गा.पा.८ बस्ने वर्ष ५२ को यदु कुमार सोडारी, शरिरमा चोट, अवस्था मध्यम ।
१४. भारत मोतिहारी बस्ने वर्ष १४ को अलि आलम, दाहिने खुट्टा फ्याक्चर, अवस्था मध्यम , थप उपचारको लागी काठमाण्डौं रिफर ।
१५. जि.गोरखा आरुघाट गा.पा.५ बस्ने वर्ष ३१को सन्तोष खड्का, टाउको र हातमा चोट, अवस्था मध्यम ।
१६.जि.महोत्तरी जलेश्वर न.पा.७ बस्ने वर्ष २५ की सुजिता यादब, शरीरमा चोट, अवस्था मध्यम ।
१७.जि.गोरखा आरुघाट गा.पा–६ बस्ने वर्ष २९ को दिपक गुरुङ, टाउकोमा चोट, अवस्था मध्यम ।
१८.जि.गोरखा धार्चे गा.पा.२ बस्ने वर्ष ५४ को घारे गुरुङ, शरिरमा चोट, अवस्था मध्यम ।
१९.जि.गोरखा आरुघाट गा.पा.४ बस्ने वर्ष ३० को रोमन गुरुङ, कुममा चोट, अवस्था मध्यम ।
२०.जि.गोरखा धार्चे गा.पा.५ बस्ने वर्ष २५ की मेलिना गुरुङ, कम्मरमा चोट, अवस्था मध्यम ।
२१.जि.धादिङ त्रिपुरा सुन्दरी गा.पा. बस्ने वर्ष ३२को धर्मेन्द्र थापा मगर, टाउकोमा चोट, अवस्था मध्यम ।

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.