
, काठमाडौं – भाद्र १५ बानेश्वर–३१ मा रहेको ॐ कारेश्वर महादेव मन्दिरमा आजबाट विशेष धार्मिक कार्यक्रम सुरु भएको छ। मन्दिरको संरक्षण र धर्म संस्कृतिको प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम भाद्र १५ गतेदेखि २२ गतेसम्मसञ्चालन हुनेछ।
कार्यक्रममा कलश ,यात्रा पाठपरायण,यज्ञ,पूजा,आरती,दीप प्रज्वलन र महाप्रसाद वितरण जस्ता धार्मिक क्रियाकलापहरू गरिनेछ।
कार्यक्रमको पहिलो दिन बिहान ९ बजे कलश यात्रा, दिउँसो १ बजे समुद्घाटन, र साँझ ४ बजे पूर्वाङ्ग पूजा गरिएको छ।
हरेक दिन बिहान ७ बजे पाठपरायण, बिहान ७:३० देखि साँझ ५:३० सम्म गायत्री यज्ञ, र साँझ ४:२५ देखि ५ बजेसम्म आरती हुने छ। कार्यक्रममा सहभागी हुने भक्तजनका लागि निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको छ।
संस्थाले गरिब र जेहेन्दार विद्यार्थीलाई सहयोग, ज्येष्ठ नागरिकलाई सम्मान, र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।कार्यक्रमको अन्तिम दिन भाद्र २२ गते गुरु विदाई, महाप्रसाद, पितृको फोटो र कलश वितरण गरिने छ।
कलश लिन र यज्ञ कर्ता बन्ने इच्छुक भक्तजनले संस्थासँग सम्पर्क गर्न भनिएको छ।
