Fast Nepal News

नेपाल बोतल वाटर उद्योग संघको अध्यक्षमा ध्रुवबहादुर गौतम सर्वसम्मत चयन

banner single news

काठमाडौं ।
नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन गरेको छ।

गौतम अध्यक्षमा सर्वसम्मत चयन भएपछि महासंघमा नयाँ नेतृत्व टिम गठन भएको छ। संघका संरक्षक धर्मनन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री सहित सबै प्रदेश र क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी नयाँ कार्यसमिति बनेको छ।

अध्यक्ष गौतमले जिम्मेवारी सम्हालेपछि मुलुकको पानी उद्योगलाई अझै व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो – “पानी जीवनसँग जोडिएको सबैभन्दा संवेदनशील विषय हो। उपभोक्ताले पाउने पानी गुणस्तरीय, सफा र स्वास्थ्यकर बनाउन महासंघ निरन्तर सचेत रहनेछ। यो उद्योगलाई व्यवसायी मात्र होइन, जनताको सेवासँग जोडेर अघि बढाइन्छ।”

गौतमले व्यवसायीको हकहित सुरक्षित गर्दै उपभोक्ताको जीवनस्तर सुधारमा योगदान दिनेगरी नीति बनाउने आश्वासन पनि दिनुभयो। उहाँको भनाइमा, “संघ व्यवसायीलाई संरक्षण गर्ने मात्र होइन, उपभोक्तालाई हानी नपुग्ने खालको नीति निर्माणमा सक्रिय हुन्छ। व्यवसाय–मैत्री नीतिले उत्पादन गुणस्तर बढाउँछ, रोजगार सिर्जना गर्छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।”

नयाँ नेतृत्वमा यसप्रकारको कार्यसमिति

संरक्षक : धर्मनन्द श्रेष्ठ (काठमाडौं)
अध्यक्ष : ध्रुवबहादुर गौतम (काठमाडौं)
वरिष्ठ उपाध्यक्ष : सोमप्रसाद काप्री (नवलपुर)

उपाध्यक्षहरू :

गाेकर्ण सिलवाल (काठमाडौं–उपत्यका)

मेघनाथ चौलागाई (काठमाडौं–कोशी प्रदेश)

दीपक शाह (रौतहट–मधेस प्रदेश)

केशव घिमिरे (चितवन–बागमती प्रदेश)

प्रेम क्षेत्री (कास्की–गण्डकी प्रदेश)

सुनिता घिमिरे (रुपन्देही–लुम्बिनी प्रदेश)

परशुराम सिलवाल (ललितपुर–कर्णाली प्रदेश)

कैलाश भट्ट (कैलाली–सुदूरपश्चिम प्रदेश)

लिला भण्डारी (काठमाडौं–महिला)

विजय श्रेष्ठ (काठमाडौं–वस्तुगत)

Inside Article Ads

गणेशबहादुर भण्डारी (रसुवा–निर्यात)

महासचिव : कमल प्रसाद अधिकारी (काठमाडौं)
उपमहासचिव : कविन्द्र कोइराला (कास्की)
सचिवहरू : रुपचन्द्र थापा (काभ्रेपलाञ्चोक), मिना दाहाल (नवलपुर), नरेन्द्रप्रसाद न्यौपाने (काठमाडौं)
कोषाध्यक्ष : मोहनमान श्रेष्ठ (काठमाडौं)
सह–कोषाध्यक्ष : गोपि सिवाकोटी (काठमाडौं)

सदस्यहरू :
बिनय श्रेष्ठ (बाँके), श्रीकान्त कुसवाह (सर्लाही), लक्ष्मण पन्त (चितवन), सुरेन्द्र श्रेष्ठ (तनहुँ), विनोद श्रेष्ठ (महोत्तरी), शम्भु खनाल (चितवन), सुजन थापा (काठमाडौं), गणेश न्यौपाने (दाङ), दुर्गाप्रसाद पौडेल (सिन्धुपाल्चोक), चन्द्रा पौडेल क्षेत्री (पर्वत), हरि आचार्य (काठमाडौं), निलबहादुर घताने (गोरखा), धर्मराज तामाङ (काठमाडौं), विश्वनारायण श्रेष्ठ (काठमाडौं), नवराज खनिया (चितवन), दिनेश बस्नेत (दोलखा), खिमबहादुर थापा (स्याङ्जा), बद्रीप्रसाद देवकोटा (काठमाडौं–वस्तुगत), रमेश न्यौपाने (काठमाडौं–वस्तुगत), बुधबहादुर गुरुङ (काठमाडौं–वस्तुगत), अङ्कित श्रेष्ठ (रुपन्देही)।

सेवामुखी अभियानमा प्रतिबद्ध

नयाँ नेतृत्वले गुणस्तरीय, स्वच्छ र सुरक्षित पिउने पानी आपूर्ति गर्दै जनताको स्वास्थ्य सुरक्षा र व्यवसायीको हितमा समान रूपले ध्यान दिने घोषणा गरेको छ।

जनजीवनमा पानीजस्तो संवेदनशील चिजलाई सुरक्षित बनाउन महासंघले अबदेखि थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.