Fast Nepal News

नेवा: राष्ट्रिय परिषदद्वारा प्रतिभावान कलाकारलाई विशेष सम्मान

banner single news

काठमाडौं – नेवा: राष्ट्रिय परिषद अन्तर्गत सांस्कृतिक विभागले स्वदेशवादको आधारमा स्वशासन र स्वायत्तता सहितको सांस्कृतिक पुनर्जागरण अभियान अन्तर्गत कालिमाटी स्थित दस पार्टी भेन्युमा एक विशेष शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल आइडल सिजन ६ को फाइनल राउन्डसम्म पुगेर उत्कृष्ट पाँचमा स्थान हासिल गर्ने प्रतिभावान गायिका मृनल मानन्धरलाई शुभकामना प्रदान गरिएको थियो। साथै नेपाली कला–संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका चर्चित कलाकार राज सायमी र सितु महर्जनलाई विशेष सम्मान गरिएको हो।

कार्यक्रमको संचालन के के मानन्धरले गर्नुभएको थियो। परिषदका संयोजक सुमन सायमीले नेवा: समुदायको मातृभाषा नेपाल भाषामा आफ्नो कुरा राख्नुभयो र राष्ट्रिय मुक्ति पार्टी नेपालका प्रवक्ता तथा परिषदका नेता रबिन्द्र कुमार श्रेष्ठले नेवा: राष्ट्रिय परिषदको स्थापना, उद्देश्य र औचित्यबारे आफ्नो भनाइ राख्नु भएको थियो। दर्जनौं कलाकारहरूले विविध सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई रंगीन बनाएका थिए। यस अवसरमा परिषदका पदाधिकारीहरूले कला, संस्कृति र संगीतको प्रवर्द्धनमा योगदान दिने प्रतिभाहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Inside Article Ads

Visited 65 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.