Fast Nepal News

कान्ति लोकपथमा पहिरो, सडक पूर्ण अवरुद्ध

banner single news

मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार बिहानै परेको अविरल वर्षापछि मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्याङडाँडामा पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सडक खुलाउने कार्य जारी रहेको र बाटो खुल्न करिब दुई घण्टा थप लाग्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । पहिरोका कारण सयौँ सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.