Fast Nepal News

गौर घटनामा सर्वोच्चको परमादेशविरुद्ध जसपाको सर्लाहीमा विरोध

banner single news

सर्लाही । गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ ।
विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति अन्याय गरिएको आरोप लगाए ।
विरोधसभामा जसपाका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको बताए । उनले सहिदहरूको बलिदानलाई न्याय नदिने आदेशलाई अस्वीकार गर्ने चेतावनी दिँदै भने, ‘गौर घटना मधेश आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न सकिँदैन ।’
त्यसैगरी जसपाका नेता विजय यादवले घटना भएको झण्डै १९ वर्षपछि समेत राज्यले पूर्वाग्रही राजनीति गर्दै संघीयता र पहिचानको मुद्दा कमजोर पार्न अदालतलाई प्रयोग गरेको आरोप लगाए । २०६३ साल चैत ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए

Inside Article Ads
Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.